Tuesday, August 9, 2011

गजल

खाडीको गर्मि शीतल लाग्छ रातमा के छ र ?
गुलाव जस्तो प्रेमको फूल पातमा के छ र ?
सबैले जानौ सुन हो प्रेम फलाम हुदैन!
दुईटा दील मिलेर आए जातमा के छ र ?
वसन्त लाग्दा पालुवा हुन्छ प्रेमको बारीमा!
दैवको शक्ति पाएको प्रेम हातमा के छ र ?
अहिंशा रोजौ बुद्धको वाणी गरौ है पालना!
विषालु हुन्न प्रेमको नशा मातमा के छ र ?
जीवन हाम्रो अति छ छोटो कृतिमा बाँचौ है!
राजा त अब जनता भए गाथमा के छ र ?

No comments:

Post a Comment